काठमाण्डौं । प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठक माघ २९ गते सभामुखको निर्वाचन गर्ने निर्णय गर्दै सकिएको छ ।
सिंचाइ डिभिजन कार्यालय सुर्खेतको सभाहलमा बसेको बैठकमा संसद् बैठक सञ्चालन कार्यविधि, सभामुखको निर्वाचन, संसदमा बोल्ने वक्ताहरुको विषयमाथि छलफल भएकोसंसद् सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । प्रदेश ६ मा ४० जना सांसद छन् ।
Facebook Comments Box