नगरकोट । नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले अब काँग्रेसले संघीयतामा रहेर प्रदेश तहबाटै संगठनको हेरफेर गर्नुपर्ने बताउनुभएको छ ।
रफत सञ्चार क्लबमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा नेता रिजालले यसका लागि महासमितिको बैठक तत्काल बोलाउनुपर्ने बताउनुभयो ।
बैठकले पार्टीको विधान परिवर्तन गरेर अघि बढ्नुपर्ने बताउँदै नेता रिजालले आगामी महाधिवेशनबाट अहिलेको नेतृत्वले नयाँ पुस्तालाई पार्टी नेतृत्व जिम्मा लगाउनुपर्ने बताउनुभयो ।
काँग्रेस अब कार्यकर्तामा होइन आम जनतामा आधारित, आम जनताको पार्टीको रुपमा रुपान्तरित हुनुपर्नेमा नेता रिजालले जोड दिनुभयो ।
Facebook Comments Box