काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वाम गठबन्धनको सरकार गठन भएपछि निर्वाचनपूर्व जनतालाई गरिएका प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ ।
नेपाल कस्मेटिक व्यवसायी संघको दोस्रो साधारणसभाको उद्घाटनका क्रममा उहाँले मुलुकमा उत्पादनका क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्दै देश र जनतालाई समृद्धिको यात्रामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
केन्द्रीय सरकार गठन भएपछि चाँडो प्रादेशिक सरकार गठन हुने बताउँदै उहाँले अब प्रादेशिक सरकारले व्यवसायीलाई शान्ति सुरक्षा प्रदान गर्ने विचार व्यक्त गर्नुभयो ।
Facebook Comments Box