
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीले आफ्नो २१औँ राष्ट्रिय सम्मेलन आगामी फागुन २७ देखि ३० गतेसम्म दाङमा गर्ने भएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले सम्मेलनका लागि आफ्नो संयोजकत्वमा दुई हजार १२१ सदस्यीय मूल परिचालन समिति गठन गरिएको जानकारी दिनुभयो ।
शिक्षा क्षेत्रका माफियाले शैक्षिक क्षेत्रलाई व्यापार गर्ने थलो बनाएकाले त्यसविरुद्ध सङ्गठन मेचीदेखि महाकाली तथा हिमालदेखि तराईसम्म पुग्ने बताउँदै सिंहले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानी दक्ष जनशक्ति उत्पादनतर्फ उपयोग हुन नसकेको, सरकारले निजी क्षेत्रमाथि नियमन गर्न नसक्दा शैक्षिक माफिया बढेको र शैक्षिक संस्थाले मनपरी शुल्कवृद्धि गरेको आरोप लगाउनुभयो ।
Facebook Comments Box