
काठमाडौ । तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी २०७४ फाल्गुन १० गतेदेखि सुनसरीको धरानमा सुरु हुने भएको छ ।
आयोजक कृषि ईन्जीनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघले सोमबार ललितपुरमा संयुक्त पत्रकार सम्मेलन गर्दे फाल्गुन १० देखि १३ गते सम्म धरानको पूर्वाञ्चल ईन्जीनियरिङ क्याम्पसको फुटवल मैदानमा प्रर्दशनी हुने जनाएको हो ।
प्रर्दशनीलाई कृषि बिकास मन्त्रालय अन्तगर्त कृषि बिभाग मातहातका कृषि ईन्जीनियरिङ निर्देशनालय , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यापसायी संघले संयुक्त रुपमा आयोजना गर्न लागेको हो । प्रदर्शनीमा २० मुलुकमा उत्पादन भएका दुई हजारभन्दा बढि कृषि यन्त्रको प्रर्दशन गरिने आयोजकले जनाएको छ ।
Facebook Comments Box