
काठमाडाै । नेपालमा वार्षिक साढे चार अर्ब रुयैयाँ भित्र्याइरहेको नगदेबाली अलैंचीसम्बन्धी बेग्लै नीति बन्न नसक्दा किसान र व्यवसायीले झन्झट बेहोर्नुपरिरहेको छ । अन्तर्राष्ट्रिय ब्रान्ड कार्यान्वयन र तेस्रो मुलुक निर्यातसम्बन्धी सम्झौता अभावले अलैंची उत्पादनदेखि बिक्रीसम्मै समस्या झेल्नुपरिरहेको किसान र व्यवसायी बताउँछन् ।
पूर्वी पहाडी जिल्लाकोमुख्य नगदेबाली अलैंचीको उतपादन, गुणस्तर, व्यापार र तेस्रो मुलुक निर्यातमा सरकारले सहयोग गर्नुपर्ने उनीहरुको भनाइ छ । बजारको सीमितता, मूलयमा उचारचढाव, क्वारेन्टाइन अभाव र झान्झाटिलो कर प्रणालीका कारण अलैंचीबाट आफूहरुले सोचेजति आम्दानी लिन नसकेको किसान र व्यवसायीको भनाइ छ । अाजकाे नागरिकमा खवर छ ।
Facebook Comments Box