
भक्तपुर । नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले सत्ता छाड्नुपर्ने सरकार आफैँ वाम एकता भाड्न लागिपरेको आरोप लगाउनुभएको छ ।
समय समाज साप्ताहिकको १३ औँ वार्षिकोत्सवकोे अवसरमा आज आयोजित कार्यक्रममा उहाँले वाम गठबन्धनको सरकार बनाउन समेत सरकारले भाँजो हाल्न थालेको बताउनुभयो ।
उहाँले एमाले र माओवादी केन्द्रको एकता बिथोल्न र वाम सरकार बन्नबाट रोक्न कसैले नसक्ने भनाइ राख्नुभयो ।
Facebook Comments Box