
काठमाडौँ । सर्वोच्च अदालतले पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको छ । मनाङबाट प्रदेश सांसद बनेका मनाङे ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै सर्वोच्चले सो सजाय सुनाएको हो ।
सर्वोच्चका न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पाँच वर्ष जेल सजाय सुनाएको हो । यो फैसलासँगै सपथ नै नलिई मनाङेको पद स्वत: निलम्बनमा परेको छ ।
उनलाई पुनरावेदन अदालतले संगठित अपराध गरेको तथा अपहरण गरि बन्धक बनाएका भन्दै ज्यानमार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो ।
Facebook Comments Box