
काठमाण्डाैं । सरकारले अलैँची खेतीको विकास, विस्तार र बजारीकरणका लागि छलफलमा रहेको अलैँची नीतिलाई तत्काल लागू गर्नुपर्ने व्यवसायीरूको सुझाव छ ।
शून्य आयातमा रहेको अलैँची खेतीलाई थप बढवा दिने उद्देश्यले सरकारले अलैँची नीति ल्याउने तयारी थालेको वर्षौं बिते पनि अहिलेसम्म नीति लागू नभएका कारण व्यवसायीहरूले ध्यानाकर्षण गराएका हुन् ।
सरकारले कूल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अलैँची खेतीको विकास, विस्तार र बजारीकरणका लागि चासो नदेखाएको भन्दै अब तत्काल नीतिगत व्यवस्था गर्न सम्बद्ध उनिहरुले सुझाव दिएका छन् ।
महासंघले आज विराटनगरमा आयोजना गरेको कार्यशालामा गोष्ठिमा अध्यक्ष निर्मल भट्टराईले अलैचिकोे विकास, विस्तार र बजारीकरणको क्षेत्रमा सुधार ल्याउन सरकारसंग माग गर्नुभयो ।
Facebook Comments Box