दाङ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले वर्तमान सरकारले वाम गठबन्धनको सरकार गठनका लागि ढोका खोलिदिनुपर्ने बताउनुभएको छ ।
संवाद समूह क्षेत्रीय सचिवालय तुलसीपुरको आयोजनामा शुक्रबार दाङमा गरिएको स्वागत तथा बधाइ कार्यक्रममा उहाँले भन्नुभयो, ‘‘ताजा जनादेश आएको महिनाैं भयो तर विभिन्न बहानामा सरकारले नयाँ जनादेशको सम्मान नगर्नु दुर्भाग्य हो ।’’ उहाँले प्रदेश ५ को राजधानी दाङ बन्नेमा ढुक्क हुन सबैलाई आग्रहसमेत गर्नुभयो ।
Facebook Comments Box