
काठमाडौ । नेकपा माओवादीका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । गत असोज १७ गते माओवादी केन्द्रले नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका ८ जना मन्त्रीहरुको जिम्मेवारी खोस्नु भएको थियो ।
त्यतिबेला चुनावको सुनिश्चितताकालागि भन्दै सरकार नछाडेका माओवादी मन्त्रीहरुले निर्वाचन सम्पन्न भएको ३७ दिन पछि राजीनामा दिएका हुन् । सरकारमा माओवादी केन्द्रबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा सहभागि भएको थियो । निर्वाचन भइसकेकाले पदबाट राजीनामा दिएको माओवादीका मन्त्रि जनार्दन शर्माले बताएका छन् ।
Facebook Comments Box