
काठमाण्डाैं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले भोलि सार्वजनिक बिदाको निर्णय गरेको छ । भोलि बिदेशमा रहेका नेपाली दुतावासहरु समेत बन्द रहने गृह मन्त्रालयले जनाएको छ ।
सरकारले एक महिनाअघि नै बिदाबारे निर्णय गरिसकेको थियो । सोमबार बिज्ञप्ती निकालेर गृहले त्यससम्बन्धि थप प्रष्ट पारेको हो । उपप्रधानमन्त्री कमल थापाको दबाबमा बिदा दिने निर्णय गरिएको हो । जसको कतिपयले आलोचना गरेका छन् भने केहीले समर्थन गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघले बिदा फिर्ता लिन माग गरेको छ।
महासंघका अध्यक्ष जगतबहादुर बरामले बुधबार बिज्ञप्ती जारी गरी आम जनताको चाहनाविपरीत एकल जाती र धर्मलाई प्रश्रय दिन खोजेको आरोप लगाइएको छ। गणतान्त्रिक सरकारले राजाको जन्मजयन्तीमा बिदा दिनु गलत भएको महासंघको भनाई छ।
Facebook Comments Box