
काठमाडौं । नागरिक अभियन्ता डा. गोविन्द केसीलाई छापामार शैलीमा पक्राउ गरेर हिरासतमा राखिएको प्रति सरकारकै नेतृत्वमा रहेका कांग्रेसलगायत प्रमुख राजनीतिक दलले विरोध जनाएका छन् ।
कानुनका नाममा अदालतको नेतृत्वकर्ताबाटै केसीमाथि ज्यादती भएको उनीहरूको निष्कर्ष छ । अदालत ‘भगवान’ नभएर राज्यकै एउटा अंग रहेको भन्दै नेताहरूले अदालतभित्र लुकेका भ्रष्टाचार बाहिर आउलान् भन्ने भयकै आधारमा केसीमाथि मानहानिको मुद्दा लगाएर छापामार शैलीमा गिरफ्तारी गरिएको आरोप लगाए ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले केसी पक्राउबारे सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन् । गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका देउवाले केसी पक्राउ परेलगत्तै प्रहरी महानिरीक्षकलाई फोन गरी असन्तुष्टि जनाएका थिए । आजको कान्तिपुरमा खबर छ ।
Facebook Comments Box