
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आज देशभरिका निजी विद्यालय बन्द गरेको छ ।
प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनले देशभरिका निजी विद्यालय बन्द गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिनुभयो । प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आइतवार बिहान निधन भएको थियो । साथै आज ,भोली र पर्सी तीन दिनसम्म प्याब्सनका झण्डा झुकाउने बानियाँले जानकारी दिनुभयो ।
पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ ।
यसैबिच, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलको आज अन्त्येष्टि गरिने भएको छ ।
सत्सठ्ठीय वर्षीय डा पोखरेलको आइतबार बिहान निधन भएको थियो । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उहाँ तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) बाट समानुपातिक सभासद् रहनुभएको थियो ।