काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुराकानी भइरहेको छ ।

आइतबार चितवनबाट फर्किनुभएका दाहाल सीधै ओलीलाई भेट्न बालकोट पुग्नुभएको हो ।
दुई नेताबीच पार्टी एकता, नयाँ सरकार गठनका विषयमा कुराकानी भइरहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । ओली अस्वस्थ भएकाले एक हप्तादेखि दुईजनाबीच प्रत्यक्ष भेटघाट भएको थिएन ।
पार्टी एकताको मोडालिटीबारे नियमित फोनमा कुराकानी गर्दै आएका ओली र दाहालबीच अहिले प्रत्यक्ष कुराकानी भएको हो ।
नियमित स्वास्थ्य परीक्षणका लागि ओली बुधबार बैंकक जाने कार्यक्रम तय भएको छ । त्यसअघि नै पार्टी एकताको मोडालिटी टुंग्याउने तयारी गरिएको छ ।
Facebook Comments Box