काठमाण्डाैं । नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रदेशको अस्थायी राजधानी नतोक्ने सरकारको निर्णय बेइमानी र कर्तव्यच्यूत भएको बताएका छन्।
आइतबार राजधानीमा आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले सरकार आफ्नो कर्तव्यबाटपछि हटेको आरोप लगाएका हुन्।
उनले भने, ‘सरकार आफ्नो कर्तव्यबाट पछि हटेको छ, हामीले बालुवाटारको सर्बदलीय बैठकमा नयाँ सरकार गठन गर्नका लागि संविधान अन्तरगत रहेर जेजे गर्नुपर्छ गर्नुस् भनेका थियौँ, तर अहिले आएर सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न सक्दैनौँ, दलीय सहमति चाहिन्छ भन्नु बेतुकको तर्क हो।’
सरकार आफ्नो अधिकारबाट कर्तव्यच्यूत भएको रावलको आरोप थियो।
नेता रावलले प्रदेश प्रमुख तोक्ने सरकारको तयारीलाई एमाले विरोध नगर्ने स्पष्ट पारे।
Facebook Comments Box