
काठमाण्डाैं । सरकारले भाेलि प्रदेश प्रमुख तोक्ने भएकाे छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले भाेलि बस्ने मन्त्रीपरिषद बैठकले सबै प्रदेश प्रमुख तोक्ने जानकारी दिएका हुन्।
आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले प्रशासनिक र कानूनी क्षेत्रमा उल्लेख्य योगदान दिएका र स्वतन्त्र पहिचान बनाएकाहरूलाई प्रदेश प्रमुख बनाउन सरकार लागि परेको स्पष्ट पारे।
मन्त्री थापाले प्रदेशको राजधानी भने सरकारले तोक्ने नमिल्ने बताएका छन्। उनले संविधानले प्रदेशसभालाई नै प्रदेशको राजधानी तोक्ने अधिकार दिएकाले सरकार अस्थायी राजधानी तोकेर अघि बढ्ने पक्षमा नरहेको प्रष्टयाएका छन् ।
Facebook Comments Box