
काठमाण्डाैं । प्रदेशको अस्थायी राजधानी आफ्नो पाएक पर्ने ठाउँमा तोक्नुपर्ने माग गर्दै देशका केही जिल्लामा आन्दोलन भईरहेका बेला बर्तमान सरकारले तत्काल मुकाम नतोक्ने स्पष्ट पारेको छ । प्रदेश नम्बर १, २, ५ र ७ का केहि जिल्लामा विरोध तथा धर्ना जस्ता आन्दोलन सुरु भएपछि बर्तमान सरकारले अस्थाई राजधानि नतोक्ने भएको हो ।
हाल प्रदेश नम्बर १ को धनकुटा, २ नम्बर प्रदेशको वीरगंज, ५ नम्बर प्रदेशको बुटवल, ६ नम्बर प्रदेशको जुम्ला तथा ७ नम्बर प्रदेशको डोटीमा विभिन्न किसिमका आन्दोलनहरु भइरहेका छन् ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अस्थायी राजधानी तोक्ने तयारीबारे आईरहेका समाचारमा कुनै सत्यता नभएको बताएका छन् । धनकुटा काठमाण्डौ सम्पर्क समितिले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले प्रदेशसभालाई नै प्रदेशको राजधानी तोक्ने अधिकार रहेको भन्दै सरकारले कुनै पनि प्रदेशको राजधानी नतोकेको बताए ।
उनले बाहिँरिदै गरेको बर्तमान सरकारले अस्थायी राजधानी नतोक्ने मनस्थिति बनाएको समेत बताए ।