
काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न आफूहरु तयार रहेको बताएका छन् ।
नेता लेखकले राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएको, प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक नभएको अवस्थामा अहिल्यै कसको नेतृत्वमा सरकार बन्छ भन्ने स्पष्ट भइनसकेको बताए ।
रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा उनले भने, ‘राजनीति भनेको सबै संभावनाको खेल हो, यहाँ सबै खाले संभावनाहरु जीवित हुन्छन्, त्यसैले प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न हामी तयार छौं ।’
यद्यपी उनले जनताले वाम गठबन्धनको पक्षमा जनमत दिएकोले एमाले र माओवादीले सरकार बनाउँदा राम्रो हुने भन्दै आफूहरुको शुभकामना रहेको सुनाए ।
तर एमाले र माओवादीबाहेक पनि सरकार बन्न सक्ने सम्भावना रहेको उनको भनाई छ ।
Facebook Comments Box