काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार औपचारिक घोषणा भएको नयाँ शक्ति पार्टीले नेकपा एमाले बाहेक अन्य सबै पार्टीलाई धक्का दिन सक्ने बताएका छन्।
राजधानीमा नयाँ शक्ति पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने , ‘यस पार्टीले एमाले बाहेक अरूलाई धक्का दिन सक्छ, मेरो शुभकामना छ।’
‘नयाँ पार्टी बन्दैछ, बनिसकेपछि के गर्छ हेर्न बाँकी छ, राष्ट्रिय एकता, विकास, शान्ति र स्थायीत्वका लागि काम गरोस्, शुभकामना छ,’ ओलीले भनेँ, ‘नेपाल सधैँभरी गरीब भइराख्न सक्दैन, सबै पार्टीको सहकार्यमा मात्र नेपालको विकास सम्भव छ ।’
Facebook Comments Box