काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा एमएस थापा नेतृत्वको संघीय जनमुक्ति पार्टी समाहित भएको छ ।
आइतबार पार्टीको औपचारिक घोषणा हुन लागेको पूर्वसन्ध्यामा जनमुक्ति पार्टी नयाँ शक्तिमा समाहित भएको हो ।
यसबारे औपचारिक घोषणा गर्नको लागि अपरान्ह ४ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा पार्टी घोषणाका लागि दशरथ रंगशालामा आयोजना गरिएको कार्यक्रमको तयारीबारे पनि जानकारी दिइने देवकोटाले जानकारी दिनुभयो ।
Facebook Comments Box