
काठमाडौ । संसदले स्थानीय तह निर्वाचन ऐनलाई संसोधन गरेको छ ।
व्यवस्थापिका संसदको आजको दोस्रो बैठकले सरकारले प्रस्तुत गरेको स्थानीय तह निर्वाचन पहिलो संसोधन विधेयक २०७४ लाई वहुमतले पारित गरेको हो । असन्तुष्ठ रहेका दललाई पनि स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा सहभागी गराउन ऐन संशोधन गरीएको बताईएको छ ।
स्थानीय तह निर्वाचन ऐनको दफा १८ को १ मा दलको तर्फबाट उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अन्तिम मिति भन्दा कम्तिमा १५ दिन अगावै दलका पदाधिकारीको हस्ताक्षर आयोगलाई बुझाउनुपर्ने व्यवस्थालाई संसोधन गरी समय सिमा हटाईएको छ ।
आज बसेको संसदको पहिलो बैठकले व्यवस्थापिका संसद संचालन निययमावलि २०७३ को नियम २ सय ५९ बमोजिम सोही नियमावलिको नियम १ सय २७ को उपनियम १ हटाईएको छ । संसद बैठक अब जेठ २६ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।
Facebook Comments Box