
काठमाण्डाैं । प्रधानमन्त्री शेरबहादुर देउवासहित तीन जना उपप्रधानमन्त्रीले पद तथा गोपनियताका सपथ लिएका छन्।
अाज राष्ट्रपति निवासमा उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनु भएकाे हाे । तीन उपप्रधानमन्त्रीमध्ये दुई जना यसअघि नै उपप्रधानमन्त्री भइसकेका छन्।
यी तीन उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार बरियतामा पहिलो नम्बरमा रहेनु भएकाे छ। उहाँले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सम्हाल्नु हुनेछ ।
त्यस्तै दोस्रो बरियतामा कृष्णबहादुर महरा हुनु हुन्छ। उहाँले उपप्रधानसहित परराष्ट्र मन्त्रालय सम्हाल्नु हुनेछ।
त्यस्तै पहिलो पटक उपप्रधानमन्त्री भएका गोपालमान श्रेष्ठ बरियतामा तेस्रो स्थानमा हुनुन्छ। उहाँले शिक्षा मन्त्रालय समेत सम्हाल्नु हुने छ । सेताेपाटीबाट
Facebook Comments Box