काठमाण्डाैं । प्रधानन्यायाधीश सुशीला कार्कीले आजबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।
प्रधानन्यायाधीशका रुपमा कार्कीको आज सर्वोच्च अदालतमा अन्तिम दिन भएको सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । कार्कीले उमेर हदका कारण अवकाश पाउन लाग्नुभएको हो ।
यसअघि, नै वरिष्ठतम् न्यायाधीशको हैसियतमा गोपाल पराजुलीले कायममुकाय प्रधानन्यायाधीशको जिम्मेवारी पाइसकेकाले भोलिबाट उहाँले कार्यभार सम्हाल्नु हुनेछ ।
संवैधानिक परिषदले प्रधानन्यायधीशले अवकाश पाउनु एक महिना अगाडी अर्का प्रधानन्यायाधीश सिफारिश गर्नुपर्ने कानुनी व्यवस्था भएपनि त्यो लागु हुने सकेन । कार्की आगामी जेठ २५ गते ६५ बर्ष पुग्नु हुनेछ ।
Facebook Comments Box