
काठमाडौं । उपेन्द्र यादव नेतृत्वकाे संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्रीको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको संसदीय दलको बैठकले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरे पनि सरकारमा सहभागी हुने नहुने भन्नेबारे फोरमले निर्णय गरेको छैन ।
फोरमले आफ्नो पार्टीको माग देउवा समक्ष राखेको र उहाँले माग पुरा हुने प्रतिवद्धता जनाएकाले उनको पक्षमा भोट गर्ने जनाएकाे छ । फोरमका १५ जना सांसद छन् ।
Facebook Comments Box