
काठमाडौ ।सरकारले बिरानगर र वीरगञ्ज महानगरपालिका घोषणा गरेको छ । मन्त्रिपरिषद्को बुधवार बसेकोे बैठकले बिराटनगर र वीरगञ्ज उपमहागरलाई महानगरमा स्तरोन्नती गर्ने निर्णय गरेको हो ।
उपमहागरलाई महानगरमा बनाउँदा यसअघि कायम रहेको सीमालाई नै कायम गरिएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश र निर्वाचनलाई कुनै असर नपर्ने गरी महानगर बनाउने निर्णय गरिएको स्थानीय विकास सचिव दिनेश थपलियाले बताउनु भयो ।
सरकारले यसअघि तराई मधेसमा २२ स्थानीय तह थप्नुका साथै बिराटनगर र वीरगञ्ज महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरेको थियो । तर यस विषयमा सर्वोच्चले अन्तरिम आदेशमार्फत मुद्दाको अन्तिम टुंगो नलागेसम्म निर्णय कार्यान्वयन गर्न रोकेको छ ।
Facebook Comments Box