
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।
माओवादी केन्द्र संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकमा दाहालले सहमतीय सरकारका लागि छलफल जारी रहे पनि सम्भावना कम रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो – छलफल त जारी छ । तर, सहमतीय सरकार तत्काल बनिहाल्ने देखिँदैन, कांग्रेसकै नेतृत्वमा सरकार बन्छ। सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज राति सकिँदैछ ।
प्रधानमन्त्री दाहालले गाउँ–गाउँ पुगेर सरकारले गरेका काम प्रचार गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिनुभयो । अरुले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल बेच्न नसकेको टिप्पणी गर्दै सांसद्लाई जस लिने काम गर्न निर्देशन गर्नुभयो ।
Facebook Comments Box