
काठमाण्डाैं। प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले बदर मतको अनुपात बढ्नुमा आयोग मात्रै दोषी नभएको बताउनुभएको छ ।
विशेष निर्वाचनका लागि विशेष शिक्षाको आवश्यकता पर्ने भन्दै उहाले मतदाता शिक्षाको कमिले बदर मतको संख्या बढ्यो भन्न नमिल्ने तर्क गर्नुभयो ।
दल विशेषले दिने मतदाता शिक्षामा राजनीति पनि मिसिएर जाने भन्दै उहाले बदर मतको संख्या बढ्नुका अन्य धेरै कारण रहेको उल्लेख गर्नुभयो । बुधबार राजधानीमा निर्वाचन पर्यवेक्षण गरेका गैह सरकारी संस्थाले गरेको कार्यक्रममा बोल्दै उहाले आयोग र सरकारलाई मात्रै दोष नदिई आफुहरुले पनि काम गरेर देखाउन ती संस्थालाई चुनौति दिनुभयो ।
मतगणनामा ढिलाई भएको भन्दै सर्वत्र आयोगको आलोचना भईरहेका बेला प्रमुख आयुक्त यादवले परिणाम छिटो आउने गरि गणनाको व्यवस्था गरिएको जानकारी दिनुभयभो ।
उहाँले केही कानुनी जटिलता र व्यवस्थापकिय बाध्यताका कारण मतगणनाको विषयमा प्रत्यक्ष रुपमा निर्देशन दिन नमिल्ने भएपनि गणना गर्ने स्थान वृद्धि गरि परिणाम छिटो सार्वजनिक गर्न सबै निर्वाचन अधिकृतलाई निर्देशन दिएको बताउनुभयो ।
चिन्ह राखेर अनावश्यक रुपमा मत पत्रको आकार ठुलो बनाईएको भन्ने सन्र्दभमा भने प्रमुख आयुक्त यादवले आफुहरुको बाध्यता भएको टिप्पणी गर्नुभयो ।