
काठमाडौं, ३० बैशाख– कांग्रेस नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले आचारसंहिता विपरीत भोट माग्दै नहिंडेको उहाँको सचिवालयले जनाएको छ ।

प्रेस संयोजक जीवन भण्डारीले कपनमा नातामा हजुरबुवा पर्नेसँग भेट गरेर फर्कंदा एक कांग्रेस कार्यकर्ताको घरभित्र छलफल गरिरहेकाबेला मन्त्री थापामाथि दुर्व्यवहार भएको जनाएका छन् ।
आदर्शनगर टोलमा पार्टीका एक कार्यकर्ताको घरमा निर्वाचनको बारेमा छलफल गरेर फर्कदै गर्दा गाडी घेरेर बसेका एमाले कार्यकर्ताहरुले उनलाई आचारसंहिता विपरीत आएको मिथ्या आरोप लगाएका थिए ।
भण्डारीद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ त्यहाँबाट थापा बाहिरिएपछि नीलोपुलमा हुल वाँधेर बसेका केहि एमाले कार्यकर्ताहरुले सरकारका मन्त्री समेत रहेका थापालाई बाटो रोकेर हुलहुज्जत गर्ने प्रयास गरेका थिए।
प्रेस संयोजक भण्डारीले निजी गाडीमा रहेका थापालाई छापामार शैलीमा हुलहुज्जत गरेको दाबी गर्नुभयो । मन्त्री थापामाथि नीलोपुलमा पनि एमाले कार्यकर्ताले दुर्व्यवहार गरेको उल्लेख छ ।