
काठमाडौ २७ वैशाख । काठमाडौं महानगरका एमालेका मेयरका उमेदवार विद्या सुन्दर शाक्यले आफुले अत्याधिक बहुमत ल्याएर बिजयी हुने दावी गर्नुभएको छ ।
पार्टीको चुनावी प्रचारको अभियानका क्रममा आज काठमाडौं महानगरपालिका ११ को त्रिपुरेश्वरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयरका उमेदवार शाक्यले आफुले जित्ने दावी गर्नुभएको हो ।
शाक्यले आफुले जारी गरेको १ सय १ प्रतिवद्धता अनुरुप कार्य गर्ने बताउनु भयो । महानगरको विकासको लागि धेरै कार्य गर्नुपर्ने भन्दै उहाँले सपना देख्ने र सपना पुरा गर्ने पार्टी एमाले भएको दावी समेत गर्नुभयो ।
काठमाडौं अव्यवस्थित बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै आफुले जितेपछि काठमाडौंलाई व्यवस्थित सहर बनाउने, महानगरका वृद्धावृद्धलाई समाजिक सुरक्षा भत्ता, बालबालिका तथा गरीव र विपन्न परिवारलाई निशुल्क स्वास्थ्य परिक्षण, हरियाली पार्क निमार्ण लगायतका काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
चुनावी प्रचारको क्रममा रहेका एमालेका उम्मेदवाहरलाई त्रिपुरेश्वरवासीले सहर सफा सुन्दर र व्यवस्थित बनाउन माग गरेका छन् ।
त्रिपुरेश्वरमा भएकाे चुनावी प्रचारमा काठमाडाैं महानगर वडा नं. –११ का वडा अध्यक्ष याेगेन्द्र मान श्रेष्ठ, महिला वडा सदस्य मायादेवी महजर्न, दलित महिला वडा सदस्य नानु परियार, वडा सदस्य कुबेर बहादुर महर्जन र रमा काेइरालाले पनि अाफ्नाे वडा कार्यलयलार्इ अाधुनिक सविधा सम्पन्न नयाँ भवन निर्माण गर्ने लगायतका प्रतिवद्धता जनाएका छन् ।