
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भईसकेको बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै आयुक्त यादवले निर्वाचनको तयारी पूरा भएको बताउनु भएको हो ।
उहाँले जेठ ३१ मा हुने दोस्रो चरणको निर्वाचनको मिति पनि तलमाथि नहुने स्पष्ट पार्नु भएको छ । निर्वाचन आयोगले सम्पूर्ण तयारी गरिसकेको भन्दै आयुक्त यादवले जेठ ३१ गतेको निर्वाचन तलमाथि नहुने स्पष्ट पार्नु भएको हो ।
अर्काे प्रसङगमा बोल्दै उहाँले सरकारलाई बजेट ल्याउन आयोगले नरोक्ने तर, आचारसंहिता अनुकुलको बजेट मात्र आउनु पर्ने बताउनु भयो । जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था रहेको भन्दै आयुक्त यादवले मतदातालाई प्रभावित पार्ने नयाँ कार्यक्रम नराखि, बजेट ल्याउन सक्ने धारणा राख्नुभयो ।
उहाँले सरकार परिवर्तनमा निर्वाचन आयोगले हस्तक्षेप नगर्ने समेत स्पष्ट पार्नु भएको छ । सरकार गठन आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै सरकार गठनमा आयोगको कुनै हस्तक्षेप नरहने स्पष्पार्नु भएको हो ।