उपप्रमुखमा काँग्रेसबाट हरिप्रभा खड्गी, माओवादी केन्द्रबाट सुशीलाकुमारी पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजाराम श्रेष्ठ, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट लक्ष्मी राई, सङ्घीय समाजवादी फोरम नेपालबाट सविना अर्याल र राष्ट्रिय जनमोर्चाबाट क्रृतु सापकोटा केसी उम्मेदवार हुनुहुन्छ । स्वतन्त्रबाट उपप्रमुखमा जनिसा भट्टराई, निरुपमा यादव, पुनम डङ्गोल, सावित्री खरेल र राधिका महर्जन उम्मेदवार रहनुभएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी दिनुभयो ।
राजधानीमा खानेपानीका लागि २० वर्षदेखिको मेलम्चीको सपना अधुरै छ । वाग्मती सफाइ अभियान जारी छ । अर्काेतिर सडक विस्तार गर्दा मुआब्जा नपाएको भन्ने केहीको गुनासो पनि यथावत छ । मतदाताले यी मुद्दा सम्बोधन गर्ने उम्मेदवारको पनि चाहना राखेको देखिन्छ । निर्वाचनको माहोल हेर्दा प्रमुख तीनदलबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । यद्यपि अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि बाजी नमार्ला भन्न सकिन्न ।