![]()
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक क्रान्तिको नेतृत्व गरेको काँग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस नागार्जुन नगरपालिकाले स्थानीय तहको निर्वाचनका लागि आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले संविधानको रक्षाका लागि स्थानीय निर्वाचन आवश्यक रहेको भन्दै स्थानीय तहको निर्वाचनसँगै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने बताउनुभयो ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले मुलुकलाई शान्ति र समृृद्धिको मार्गमा अगाडि बढाउन नेपाली काँग्रेसको भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो ।
Facebook Comments Box