
काठमाडौं । अमेरिकी कंग्रेसमा डेमोक्रेटिक पार्टीकी नेत्री ‘नान्सी पेलोसी’ आज नेपाल भ्रमणमा आउनुहुने भएको छ ।
संसदीय टोलीको नेतृत्व गर्दै नेपाल अाउनु भएकी पेलाेसीकाे टोलीले राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय अर्थव्यवस्था, द्विपक्षीय र बहुपक्षीय सम्बन्ध तथा मानवाधिकारका क्षेत्रमा पछिल्ला जानकारी लिने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
न्यान्सीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीलगायतसँग भेटवार्ता गर्नुहुनेछ ।
साथै टोलीले कसरी आर्थिक तथा सुरक्षा सम्बन्ध, र रुससँगको सम्बन्धदेखि विश्व मानव अधिकारसम्मका विषयमा उत्पन्न चुनौतीलाई सम्बोधन गर्ने विषयमा उच्च नेतृत्वसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।
टोलीमा अमेरिकी संसद्का महत्वपूर्ण समितिका सांसद जिम सेनसेनब्रेनर, इलिअट इन्जेल, जिम म्याकगभर्न, बेट्ट म्याक्कोलम, जुडी चू, जोयस बिटी र प्रमिला जयपाल रहनुहुनेछ ।
पेलोसी नेतृत्वको संसदीय टोलीले नेपालसहित भारत, जर्मनी र बेल्जियमको भ्रमण गर्ने जनाईएको छ ।