
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको वडाअध्यक्षमा नेपाली काँग्रेसका एकबहादुर गर्बुजा निर्विरोध निर्वाचित भएका छन् ।
मंगलबार भएको मनोनयन दर्तामा वडा ४को वडाअध्यक्षमा गर्बुजाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्षमा चुनिएका हुन् ।
गुर्बजा जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । निर्विरोध निर्वाचित भएपछि आफुलाई जनताले दिएको सम्मानलाई काम गरेर देखाउने उनले प्रतिबद्धता जनाएका छन् ।
यसैबीच वडा–८ कुईनेमँगलेबाट काँग्रेसकै वडा सदस्यहरु खबहादुर छन्त्याल, महिला सदस्य प्रिति गर्बुजा र दलित महिला सदस्य यामकुमारी गोतामे घर्ती निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Facebook Comments Box