
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको रुपमा १३ जनाले उम्मेदवारी दर्ता गर्नु भएको छ। अधिकांश स्वतन्त्र रहेका छन्। मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्मको अवधिमा सबैले उम्मेदवारी दर्ता गरिसक्नु पर्ने छ।
१ किशोर थापा
पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको समर्थनमा स्वतन्त्र उम्मेदवारका रुपमा ५८ वर्षका सहरी विकास मन्त्रालयका पूर्व सचिव किशोर थापाले काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवारी दिनुभएको हो। कामनपा १४ कलंकी स्थायी घर हुनुभएका थापाको प्रस्तावक आइभी थापा, समर्थक मुमाराम खनाल हुनुहन्छ।
२ विनोद कुमार क्षेत्री
स्वतन्त्र तर्फबाटै कामनपा १६ सोह्रखुट्टेका ६९ वर्षीय विनोदकुमार क्षेत्रीले मेयरको रुपमा उम्मेदवारी दर्ता गर्नु भएको छ। उहाँको प्रस्तावक रुपा क्षेत्री केसी, समर्थक विजय नरसिंह केसी हुनुहुन्छ।
३ रञ्जु न्यौपाने (दर्शना)
मेयरको रुपमा विवेकशील नेपाली पार्टीको समर्थनमा कामनपा ३ महाराजगञ्ज स्थायी घर हुनुभएकी २१ बर्षीया रञ्जु न्यौपानेले मेयरको रुपमा उम्मेदवारी दर्ता गर्नु भएको छ। उहाँको प्रस्तावक विद्याप्रसाद गौचन र समर्थक सरदराज खनाल हुनुहुन्छ।
४ सुरेन्द्रप्रसाद ढकाल
देशभक्त पर्यावरणीय सामाजिक मोर्चा पार्टीबाट कामनपा ३१ स्थायी घर हुनु भएका ५८ बर्षीय सुरेन्द्रप्रसाद ढकालले मेयरको रुपमा उम्मेदवारी दर्ता गर्नु भएको छ। उहाँको प्रस्तावकमा राम श्रेष्ठ र समर्थक निरा रञ्जीत हुनुहुन्छ।
५ अमोट महर्जन
त्यस्तै पाँचौ नम्बरमा कमनपा १५ स्वयम्भूका ३४ वर्षीय अमेज महर्जनले उम्मेदवारी दर्ता गर्नु भएको छ। उहाँको प्रस्तावक सानु नेपाली र समर्थक श्याम ठकुरी हुनुहुन्छ।
६ निर्मलकुमार थापा
काठमाडौं महानगरपालिकाको मेयरमा राष्ट्रिय जनमोर्चाको तर्फबाट कामनपा ३१ बागबजार स्थायी घर हुनुभएका ६३ बर्षीया डा. निर्मल कुमार थापाले उम्मेदवारी दर्ता गर्नु भएको छ। उहाँको प्रस्तावक समुन्द्र मानन्धर र समर्थक सुदन बज्राचार्य हुनुहुन्छ।
७ लक्ष्मीप्रसाद भण्डारी
मेयरकै रुपमा कामनपा ३ महाराजगञ्जका ६५ बर्षीय लक्ष्मीप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराउनु भएको छ। उहाँको प्रस्तावक लक्ष्मी भण्डारी र समर्थक प्रज्वल भण्डारी हुनुहुन्छ।
८ नेत्रबहादुर लिम्बू
कामनपा १३ कालिमाटीका ५२ वर्षीय नेत्रबहादुर लिम्बूले समेत स्वतन्त्र काठमाडौंको मेयरका लागि उम्मेदवारी दिनुभएको छ। उहाँको प्रस्तावकमा कुलबहादुर बस्नेत र समर्थकमा सुमन पौडेल हुनुहुन्छ।
९.पुरुषोत्तम दंगाल
कामनपा ४ बालुवाटारका ४३ वर्षीय पुरुषोत्तम दंगालले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ। उहाँको मेयर पदको उम्मेदवारीका लागि चन्ददत्त दंगाल प्रस्तावक हुनुहुन्छ भने विशालकुमार न्यौपाने समर्थक रहनु भएको छ।
१०. भरत बहादुर बिसुराल (हिमालयन टाइगर) स्वतन्त्रबाट कमनपा ३ महाराजगञ्जका ५९ वर्षीय भरतबहादुर बिसुराल अर्थात् रेस्लर हिमालयन टाइगरले मेयरको रुपमा उम्मेदवारी दर्ता गराउनु भएको छ। उहाँको प्रस्तावक सुशान्त श्रेष्ठ र समर्थक रविन्द्रमान प्रजापति हुनुहुन्छ।
११ कुलनारायण डंगोल
११ नम्बरमा भने नेमकिपाबाट कमनपा ५ हाडीगाउँका ५४ बर्षीय कुल नारायण डंगोलले मेयरको रुपमा उम्मेदवारी दर्ता गर्नु भएको छ। उहाँको प्रस्तावक गोपाल डंगोल र समर्थक बाबुराम प्रजापतिहुनुहुन्छ।
१२ गोर्कीप्रसाद श्रेष्ठ
काठमाडौंको मेयरकै रुपमा स्वतन्त्र तर्फ कामनपा २० हनुमानका ६५ वर्षीय गोर्कीप्रसाद श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ। उहाँको प्रस्तावक पवनमान श्रेष्ठ र समर्थक आमीर रत्न ताम्राकार हुनुहुन्छ।
१३ बचपनराज श्रेष्ठ
सँगै १३ औँ नम्बरमा कमनपा २१ का ६४ वर्षीय बचपनराज श्रेष्ठले नेकपा संयुक्तको तर्फबाट मेयरको उम्मेदवारी दर्ता गर्नुभएको छ। उहाँको प्रस्तावक सुरेन्द्रलाल नकर्मी र समर्थक सुरेन्द्र मान शाक्य हुनुहुन्छ।
१४ पवित्र बज्राचार्य
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालको तर्फबाट संयुक्त रुपमा कामनापा २३ का ५७ वर्षीय पवित्र बज्राचार्यले काठमाडौंको मेयरको रुपमा उम्मेदवारी दर्ता गर्नु भएको छ । उहाँको प्रस्तावक महेशमान श्रेष्ठ र समर्थक सानुराजा राक्य हुनुहुन्छ।
१५ ज्ञानुमाया तामाङ
त्यस्तै कमनपा ६ बौधकी ज्ञानुमाया तामाङ (ज्वालादेवी चन्डीमाता)ले समेत काठमाडौंको मेयरको रुपमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नु भएको छ। उहाँको प्रस्तावक उर्मिला मानन्धर र समर्थक पूर्णदेवी मानन्धर हुनुहुन्छ।
१६ नवराज कार्की
अर्का स्वतन्त्र उम्मेदवार कामनपा ३२ का नवराज कार्कीले काठमाडौंको मेयरको रुपमा उम्मेदवारी दर्ता गर्नु भएको छ । उहाँको प्रस्तावक विष्णुराज अर्याल र समर्थक भाइकाजी सापकोटा हुनुहुन्छ।