काठमाडौं । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको बताएका छन्।
आइतबार दिउँसो सत्तारुढ दल माओवादी केन्द्र र काँग्रेसका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको केही समयमै सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले महाअभियोगले न्याययिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण गरेको बताएका छन्। राप्रपाका अध्यक्षसमेत रहेका थापाले ट्वीटमा भनेका छन्, ‘प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध काँग्रेस/माओवादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण। न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण’
Facebook Comments Box