
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन एकै चरणमा गर्नुपर्ने निर्णय गरेको छ। शनिवार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको पार्टी स्थायी समिति बैठकले संविधान संशोधन विधेयकलाई असफल बनाउन पनि सबै उपाय अपनाउने निर्णय समेत गरेको छ।
साथै बैठकले बजेट पनि सार्न नदिने निर्णय गरेको सचिव तथा प्रवक्ता योगेश भट्टरार्इले जानकारी दिए।
एमाले स्थायी समिति बैठकले जसरी पनि दुई चरणको चुनाव रोक्ने र त्यसका लागि आन्दोलन जारी राख्ने निर्णयसमेत गरेको छ।
सरकारले संसदमा पेश गरेको संशोधन विधेयकलार्इ एमालेले चुनाव हुन नदिने खेलका रुपमा विश्लेषण गरेको छ। एमालेले बैशाख ३१ मै स्थानीय चुनाव गर्नु पर्ने निश्कर्ष निकालेको छ।
Facebook Comments Box