काठमाडौ । एमाले नेतृत्वको ९ दलीय विपक्षी गठबन्धनको बैठकले सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक कुनै हालतमा पारित गर्न नदिने निर्णय गरेको छ ।
एमाले संसदीय दलको कार्यलय सिंह दरवारमा आज बसेको बैठकले सरकारले दर्ता गरेको पछिल्लो विधेयक मंसिर १४ मा दर्ता गरेको विधेयक भन्दा पनि राष्ट्रघाती भएको भन्दै विधेयक पारित हुन नदिने निर्णय गरेको बैठकपछि विपक्षि गठबन्धनका नेताहरुले बताएका छन् ।
बैठकपछि एमाले संसदीय दलका उपनेता समेत रहेको सुवासचन्द्र नेम्वाङले पछिल्लो संसोधन विधेयकले मुलुकलाई विखण्डन गर्ने भएकाले असफल पार्न गठबन्धन लागि पर्ने बताए । उनले सरकारी विधेयक असफल पार्नुका साथै प्रतिपक्षले समेत त्यसमा अर्को संशोधन विधेयक दर्ता गराउने बताए ।
एमालेको नेतृत्वमा नौ दलिय गठबन्धन भएपनि बिहीबारको बैठकमा भने ६ दलका नेताहरुमात्रै सहभागि थिए । बैठकपछि मालेका महासचिव सीपी मैनालीले मधेसी मोर्चालाई मनाउने नामममा सरकारले राष्ट्रघाती सम्झौता गरेकाले विपक्षीले उनीहरुको षड्यन्त्र र योजना पुरा हुन नदिन गठबन्धन एकढिक्का रहेको बताए । त्यस्तै गठबन्धन बैठकले बैशाख ३१ गते ने देशभर चुनाव हुन सक्नेभएपनि सरकारले जेठ ३१ मा दोस्रो चराण्को चुनाव मिति तोकेर निर्वाचनबाट पछि हटेको ठहर गरेको छ ।
नेता नेम्वाङले सरकारले ११ जिल्लामा स्थानीय तह थप्ने परिपत्र फिर्ता लिएको विषयलाई गठबन्धनले सकारात्मक लिएको पनि बताए । बैठकमा बुधबारको सहमति अनुसार सत्तापक्ष अघि बढे निकास चाडै आउने निश्कर्ष समेत निकालेको छ ।
बैठककमा एमाले अध्यक्ष आधा समय मात्रै बसेर बाहिरिएका थिए । आजको बैठककमा एमाले, माले, नेमकिपा, परिवार दल, र दलित जनजाती पाटीृका नेताहरु सहभागि थिए ।