
बिर्तामोड । योङ कम्यिुनिष्ट लिग (वाइसिएल) र अखिल (क्रान्तिकारी) को जिल्ला अधिवेशनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल बिहिबार झापा आउने भएका छन् । अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको नेकपा माओवादी केन्द्रले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
कार्यक्रममा विशेष अतिथिका रुपमा सूचना तथा सञ्चारमन्त्री राम कार्की, पूर्व संस्कृति मन्त्री गोपाल किराती र अन्य केन्द्रीय नेताहरुको पनि उपस्थिति रहने जनाइएको छ ।
कार्यक्रममा दुईसय बस, साना गाडी र मोटर साइकल परिचालन गरिने भएको छ । कार्यक्रममा १५ हजार बढी सर्वसाधरणको उपस्थिति गराइने पार्टीले जनाएको छ । कार्यक्रम व्वस्थापनका लागि एक हप्तादेखि खटिरहेको पार्टीका सचिव बिजय साम्पाङले बताए ।
उनले बिभिन्न गाउँबाट आएका जनतालाई जम्मा गराएर र्याली समेत गराउने त्यस पश्चात कार्यक्रम स्थलमा लगिने बताए । कार्यक्रम स्थल बिर्तामोडको सुगम पेट्रोलपम्म पश्चिमपट्टीको खाली स्थान तय भएको छ ।
५ हजार युवा र स्यवम सेवक परिचालन हुनेछन्, उनले, स्वाथ्यको स्ट्रल र ५ वटा स्वागत द्वार रहनेछन् ।’ जिल्ला इन्चार्ज झलकसिंह दर्लामीले देशभर ७ सय ४४ स्थानमा बैशाख ९ गते उम्मेद्वार घोषणा गरिने पार्टीको रणनिति रहेको बताए ।
तोकिएकै समयमा निर्वाचन होस् भन्ने उदेश्यले पनि यो कार्यक्रम आवश्यक रहेको पूर्व राज्यमन्त्री धर्मशिला चापागाईले बताईन् । उनले गाउँ गाउँमा स्थानीय निर्वाचन घोषणा भएपछि जनता उत्साहित भएका र घरदैलो कार्यक्रम भइरहेको बताएकी छिन् । कार्यक्रममा पार्टीको सीपी कडरिया, पुरुषोत्तम चुडाल, भूपाल सापकोटा लगायतको उपस्थिति रहेको थियो ।