
काठमाण्डाैं । नेपाली कांग्रेसले स्थानीय तहको चुनाव लक्षित गरेर सुरु गरेको प्रदेश स्तरीय सभाको समापन आज झापामा पुगेर गर्दैछ ।
झापाको कमल गाउँपालिकामा रहेको आदिवासी रंगशालामा एक नम्बर प्रदेशको आमसभा गर्दै सभाको आज समापन गर्ने कांग्रेसले जनाएको छ ।
आम सभालाई पार्टी सभापति शेरबहादुर देउवा, निर्वाचन परिचालन समिति संयोजक तथा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटाैला लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेसले यसअघि दुई नम्बर प्रदेश बाहेक पाँच वटा प्रदेशमा प्रदेशस्तरिय सभा गरिसकेको छ ।
Facebook Comments Box