
काठमाण्डाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्धा्रित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न हुने जानकारी गराउँदै निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध गर्न सुरक्षा प्रमूखहरुलाई निर्देशन दिनुभएको छ । आज सुरक्षा अंगका प्रमुखलाई बालुवाटारमा बोलाएर यस्तो निर्देशन दिनु भएको हो ।
प्रधानमन्त्रीले आज बिहान नेपाली सेनाका प्रधान सेनापति रविन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मीलाई बालुवाटार बोलाएर वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका सम्बन्धमा गरिएको सुरक्षा तयारीबारे जानकारी समेत लिनुभयो ।
भेटमा सुरक्षा अंगका प्रमुखहरुले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको र निर्वाचन सुरक्षाको तयारी गरिरहेको जानकारी गराएका थिए ।