
काठमाडौं । करिब तीन सातापछि बस्ने भनिएको मन्त्री परिषदको बैठक आइतबार पनि बस्दै नबसी सारिएको छ ।
उपप्रधानमन्त्रीद्धय कमल थापा र बिमलेन्द्र निधिको बरियताको विषयमा विवाद हुँदै आएपछि विगत ३ साता देखि मन्त्री परिषदको बैठक बस्न सकेको थिएन ।
अपरान्ह बस्ने भनिएको बैठकमा प्रहरी महानिरीक्षक आइजीपि बिवादका सम्वन्धमा निश्कर्ष निकाल्ने, संविधानको नयाँ संशोधन विधेयक माथि छलफल गर्ने लगायतका कार्यसूची रहेको थिए ।
तर मधेसी मोर्चा लगायत प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसंग बिस्तृत छलफल गरेर मात्र संसोधन विधेयकको नयाँ प्रस्तावमाथि छलफल गर्ने भन्दै मन्त्री परिषदको बैठक स्थगित गरिएको कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले बताए ।
यद्धपि बरियता बिबादै कारण बैठक सारिएको भन्ने आँकलन भने गर्न सकिन्छ । मन्त्री परिषदको बैठक सोमबार अपरान्ह तीन बजे बस्ने बताइएको छ ।