
काठमाडौं । पार्टीको विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच राजधानीमा झडप भएको छ ।
निर्वाचन आयोगको कार्यालय कान्तिपथमा भएको झडपमा पूर्व अध्यक्ष पशुपति शम्शेर राणासहितका केही नेता तथा कार्यकर्ता र प्रहरी घाइते भएका छन् । आयोगको निर्णय पुनर्विचार गर्न माग गर्दै बहादुर भवनस्थित निर्वाचन आयोग घेराउ गर्न गएको राप्रपाको ठूलो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो ।
निर्वाचन आयोगअगाडि विरोध प्रदर्शन गर्न पुगेका राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप भएपछि स्थिति तनावपूर्ण भएको छ । सोमबार राप्रपाले केन्द्रीय कार्यालयसहित मुलुकभरका ७५ वटै जिल्ला निर्वाचन कार्यालयमा एक घण्टा धर्ना दिदै ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।
Facebook Comments Box