
विर्तामोड । अरुणपूर्वका नौ जिल्लालाई ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान राज्य घोषणा गरिनुपर्ने माग गर्दै आएका लिम्बुवान नेता कमल छाराहाङको निधन भएको छ ।
धनकुटाको आठपरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा उनलाई शनिबार हृदयाघात भएपछि मोरङको विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएको थियो ।
उनको उपचारकै क्रममा निधन भएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकले जानकारी दिए ।
उनले केही समयअघिमात्रै लिम्बुवान मुक्ति मोर्चा (सङ्घीयवादी) पार्टी खोलेका थिए ।
मोरङ स्थायी घर भएका छाराहाङले लामो समयदेखि अरुणपूर्वका नौ जिल्लालाई छुट्टै लिम्बुवान राज्य घोषणा गर्नुपर्ने एजेन्डालाई अघि सारेका थिए ।
छाराहाङका श्रीमतीसहित दुई छोरा र एक छोरी रहेका छन् ।
Facebook Comments Box