
विर्तामोड । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले आफुखुसी उम्मेदवारी घोषणा नगर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
नेकपा एमाले झापा जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै गाउँपालिका र नगरपालिकाका उम्मेद्वार हुनसक्ने नेता तथा कार्यकर्ताहरुले दाम्लो चुडाएर घोषणा गरेमा, रेडियो, पत्रिकामा अन्तरवार्ता दिएमा वा फेसबुकमा उमेदवार भइयो भन्ने प्रकृतिका सूचनाहरु आए वा आफुखुसी उम्मेदवारको चर्चा गरे वा गर्न लगाए उनीहरु उम्मेदवारको सूचिबाटै हटाइने जानकारी गराए ।
नेकपा एमाले झापा जिल्ला कमिटी चैत्र ५ गतेदेखि जिल्ला अधिवेशन आयोजक समितिमा रुपान्तरित भएको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको २१ औं बैठकले पार्टी अध्यक्ष चिन्तन पाठकको अध्यक्षतामा पहिलाकै जिम्मेवारी र भूमिका निर्वाह गर्दै जिल्ला कमिटी दशौं जिल्ला अधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएको हो ।
नेकका एमालेले झापाको १५ वटै स्थानीय तहमा पार्टीको जिम्मेवारी वाँडफाँड गरेको छ । पार्टी जिल्ला कमिटीले गरेको निर्णय अनुसार सबै नगर कमिटीमा मिसिएका गाउँ कमिटीका पदाधिकारीहरु सचिवालय सदस्य हुने व्यवस्था गरेको छ । सै सदस्यहरुलाई नगर कमिटीको सदस्य हुने व्यवस्था गरेको छ ।
मेचीनगर नगर कमिटीमा बाहुनडाँगी, धाइजन, ज्यमिरगढी, दुवागढीका पदाधिकारीलाई सचिवालयको हैसियत र सबै सदस्यहरु नगरकमिटीका सदस्य हुने व्यवस्था गरेको छ । नगर इन्चार्जमा जिल्ला कमिटी सदस्य देवकुमार राई, सह इन्चार्ज, निलकण्ठ तिवारी, नरेन्द्र मेचे, शोभा खवास, लालमहमद मिया, र सहजकर्तामा जसमाया गजमेरलाई जिम्मेवारी दिएको छ ।
त्यसैगरी, बिर्तामोड नगर कमिटीको ईञ्चार्ज प्रेम सिटौला, सहईञ्चार्ज पवित्रा महतारा, पवित्रा पाठक र सहजकर्तामा पवित्रा निरौलालाई व्यवस्था गरेको छ । दमक नकमिटीको ईञ्चार्ज राजेन्द्र दाहाल र सहजकर्ताको जिम्मेवारी देवेन्द्र दाहाललाई दिएको छ ।
अर्जुनधारा नगरकमिटीको ईञ्चार्ज कुसुम राई, सहईञ्चार्ज भोला परियार, योगेन्द्र आचार्य र सहजकर्ताको भूमिका बृख प्रधानले निर्वाह गर्नेछन् ।
भद्रपुरमा रहेको दुईवटा विशेष इलाका कमिटीहरु र पृथ्वीनगर गाउँ कमिटी समायोजन गरी भद्रपुर नगर कमिटी गठन गरेको छ । भद्रपुर नगर कमिटीको संयोजक ब्रह्मलाल ढुङ्गाना र सह संयोजकमा बिनोद पोखरेललाई जिल्ला कमिटीले तोकेको छभने इन्चार्जमा असारु राजवंशी, सहईञ्चार्जहरुमा यामबहादुर श्रेष्ठ, श्रीमन नारायण पौडेल, पदम सुब्बालाई जिम्मेवारी दिएको छ । भद्रपुर नगरको सहजकर्ताको भूमिका बिष्णु सिवाकोटी र चन्द्रा श्रेष्ठले निर्वाह गर्नेछन् ।
शिवसताक्षी नगर कमिटीको इन्चार्जमा राधाकृष्ण खनाल, सहईञ्चार्ज ज्ञानेन्द्र बिश्वकर्मा र सहजकर्तामा एलपी साँवालाई जिम्मेवारी दिइएको छ । गौरादह नगर कमिटीको ईञ्चार्जमा बलराम खरेल र सहईञ्चार्जमा चन्द्र सुब्बा तोकिएको छभने सहजकर्ताको भूमिकामा रविन कोईराला र देवेन्द्र दाहाल हुनुहुन्छ । कन्काई नगर कमिटीको ईञ्चार्ज चन्द्रमोहन उप्रेती, सहईञ्चार्ज खेम मिश्र रहेका छन् भने सहजकर्ताको जिम्मेवारी हिरा थापालाई दिइएको छ ।
विगठित गाविसमा रहेका सवै गाउँ कमिटीहरुलाई समायोजन गरी गाउँपालिका स्तरका संगठन कमिटी निर्माण भएको छ सो संगठन कमिटीको संयोजकमा हाल रहेका अध्यक्षहरु मध्ये जिम्मेवारीको बरिष्ठताको आधारमा नेतृत्व चयन गर्ने गरी २ गाउँ कमिटी समायोजन भएकोमा संयोजक र सहसंयोजक, ३ गाउँ कमिटी समायोजन भएकोमा संयोजक, सहसंयोजक र सचिब, ४ गाउँ कमिटी समायोजन भएकोमा संयोजक, सहसंयोजक, सचिब र उपसचिब समेतको जिम्मेबारी तोक्ने र सो भन्दा वढी भएमा बाँकी अध्यक्षहरुलाई संगठन कमिटीको सचिवालयमा संगठित गर्ने गरी एमाले जिल्ला कमिटीले निर्णय गरेको छ ।
कमल गाउँ कमिटीको संयोजक भीम राई सह संयोजक पृथ्वीपति राई र ईञ्चार्जमा बेनु शिवाकोटी र सहजकर्ताको जिम्मेवारी मेनुका काफ्लेलाई दिइएको छ । बुद्धशान्ति गाउँ कमिटीको संयोजक ईन्द्र अधिकारी सह संयोजक टीका पाठक र ईञ्चार्ज लक्ष्मी राई, सहईञ्चार्ज योगमाया पराजुली र सहजकर्ताको जिम्मेवारी मदन अधिकारीलाई दिइएको छ ।
कचनकवल गाउँ कमिटीमा सयोजक मेखबहादुर भट्टराई, सह संयोजक सह संयोजक हरि घिमिरे, सचिब राजेन्द्र मैनाली, उपसचिवमा सुवाल राजबंशीलाई जिम्मेवारी दिइएको छ भने ईञ्चार्ज टीका गुरुङ्ग, सहईञ्चार्ज हिमा खतिवडालाई तोकेको छ । त्यहाँ सहजकर्ताको जिम्मेवारी प्रदेश कमिटी सदस्य बसन्त बानियाँलाई दिइएको छ । झापा गाउँ कमिटीको संयोजक गजेन्द्र ताम्ली, सह संयोजक रंगलाल दाहाल, सचिव माधब पोखरेल तोकेको छ भने ईञ्चार्जमा भक्त बानियाँ, सहईञ्चार्जमा अमृता राईलाई जिम्मेवारी दिइएको छ । त्यहाँ रोमणी भट्टराईलाई सहजकर्ताको भूमिका दिइएको छ ।
बारदशी गाउँ कमिटीको संयोजक तोया पोखरेल, सह संयोजक भूपेन्द्र कटुवाल, सचिव पूर्णबहादुर थापा र ईञ्चार्जमा पदम थापालाई जिम्मेवारी दिइएको छ । त्यहाँ सहजकर्ताको भूमिका पार्टी अध्यक्ष चिन्तन पाठकले निर्वाह गर्नेछन् ।
गौरीगञ्ज गाउँ पालिकाको संयोजक बिष्णु न्यौपाने, सह संंयोजक राजकुमार ढकाल, सचिव गोविन्द कुँवर, उपसचिव रामकृष्ण पन्त, तोकिएको छ भने ईञ्चार्ज कैलास मास्के, सहईञ्चार्ज सत्यनारायण राजवंशी हुनुहुन्छ । त्यहाँ बिष्णु प्रसाईलाई सहजकर्ताको भूमिका प्रदान गरिएको छ । हल्दिबारी गाउँ कमिटीको संयोजक मोहन रेग्मी, सह संयोजक त्रिलोचन सापकोटा हुनुहुन्छ भने ईञ्चार्जमा धर्म शिवाकोटी र सहजकर्ताको भूमिका सोमनाथ पोर्तेलले निर्वाह गर्नेछन् ।