
काठमाडौं । राप्रपाले ७ चैतदेखि शुरु गर्ने घोषणा गरेको राष्ट्रिय एकता यात्रा सप्तरी घटनाका कारण स्थगित गरिएको जनाएको छ ।
“सप्तरी घटनापछि र त्यसबाट उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दा हाल मुलुकमा राष्ट्रिय एकता, सामाजिक सदभाव र चुनावको निमित्त अनुकुल वातावरण सृजना गर्नु पर्ने आवश्यकता रहेकोले पार्टीले आयोजना गर्न लागेको राष्ट्रिय एकता यात्रा हाललाई स्थागित गर्ने निर्णय गरिएको छ,” राप्रपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि राप्रपाले गोर्खा, झापा, कञ्चनपुर र काठमाडौँबाट एकैपटक यात्रा प्रारम्भ गरी देशका विभिन्न ठाउँमा आमसभा र घरदैलो कार्यक्रम गर्ने जनाएको थियो ।
Facebook Comments Box