
काठमाडौं । संघीय गठबन्धनले सप्तरी घटनाको विरोध स्वरुप नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।
मंगलबार संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकले नेपाल बन्दसहितका विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।
मोर्चाको भर्खरै सकिएको बैठकले फागुन २६ गते ७५ जिल्लाकै सदुरमकाममा विरोध प्रदर्शन र सभा गर्ने, फागुन २७ गते नेपाल बन्द गर्नेलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
त्यसैगरी मोर्चाले कुटनीतिक पदाधिकारीसँग सप्तरी घटनाको पूर्ण विवरण पेश गरेर छलफल गर्ने, संसदमा रहेका गठबन्धन अन्तर्गतका मधेसवादी दललाई सरकारलाई दिएको समर्थन फिर्ता लिन सात दिने अल्टिमेटम दिनेलगायतका निर्णय गरेको छ।
गठबन्धनको बैठक सकिएलगत्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक सुरु भएको छ।
Facebook Comments Box