
काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहालले आज देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।
उनले आज साँझ ५ बजे सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट देशबासीलाई सम्बोधन गर्ने प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्दै स्थानीय चुनावमा होमिन आहृवान गर्ने बताइएको छ । सरकारले वैशाख ३१ गते स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ ।
Facebook Comments Box