कास्की । पोखराको अमरसिंह चोक नजिक रहेको खाल्टे मसिनामा बर्डफ्लु भेटिएको छ । कुखुरा व्यबसायी मिना परियारले पालेका ११ वटा कुखुरा र १७ वटा हाँस एकाएक मरेपछि परिक्षण गर्दा बर्डफ्लु भएको पुष्टि भएको हो ।

एकाएक कुखुरा र हाँस मरेपछि जिल्ला पशु कार्यालय कास्कीले परिक्षणका लागि फागुन ६ गते सेम्पलिङका लागि क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला पठाइएको थियो । प्रयोगशालाले बर्डफ्लुका कारण कुखुरा र हाँस मरेको पुष्टि गरेको छ ।
बर्डफ्लु भेटिए पछि स्थानिय प्रशासनले शनिबार बिहान खाल्टेमसिना र आसपासलाई संक्रमित क्षेत्र घोषणा गर्दै पंछिजन्य वस्तु बिक्री वितरण र ओसारपसार नगर्न अपिल गरेको छ । संक्रमित कुखुरा मार्ने समेत तयारी गरेको छ ।
लामो समय पछि नेपालमा बर्डफ्लु भेटिएको हो । नेपालमा २०६५ साल माघमा पहिलोपटक झापाको मेचिनगरमा बर्डफ्लु भेटिएको थियो ।
Facebook Comments Box